२०८२ वैशाख २६ गते शुक्रवार / May 09 , 2025 , Friday
२०८२ वैशाख २६ गते शुक्रवार
Ads

फेमिसमा तत्कालै सुधार गर्न मञ्चको ध्यानाकर्षण

२०८२ वैशाख २५ गते ०६:२०
फेमिसमा तत्कालै सुधार गर्न मञ्चको ध्यानाकर्षण

काठमाडौं : प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा तत्काल सुधार गरेर विभागको कामकारबाही सहज र सबल बनाउन आग्रह गरेको छ ।

वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशक कमल भट्टराईलाई स्वागत तथा कार्यकालको शुभकामना दिन बुधबार विभाग गएको मञ्चको प्रतिनिधिमण्डलले उक्त आग्रह गरेको हो । नवनियुक्त महानिर्देशक भट्टराईले सोमबारबाट जिम्मेवारी सम्हालेका हुन् ।

मञ्चका अध्यक्ष जनक रावलले पछिल्लो समय विभागको फेमिस छिटो–छिटो र पटक–पटक अवरुद्ध हुँदा व्यवसायी र कामदारलाई ठूलो समस्या परेको र कामदारले समयमा श्रम स्वीकृति नहुँदा जहाज टिकट गुमाएको विषयमा नवनियुक्त महानिर्देशक भट्टराईको ध्यानाकर्षण गराइएको जानकारी दिए । 

मञ्चले वैदेशिक रोजगारका नाममा गैरव्यवसायीबाट ठगी हुने र त्यसको बदनामी म्यानपावर कम्पनी संचालकहरूले व्यहोर्नुपरेको भन्दै नीतिगत सुधारका साथै प्रमाण बिना उजुरी दर्ता नगर्न पनि नवनिर्वाचित महानिर्देशक भट्टराईलाई आग्रह गरेको छ । अध्यक्ष रावलको नेतृत्वमा गएको मञ्चको प्रतिनिधिमण्डलमा मञ्चका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर