२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

चन्द्रपुरमा 'जय नेपाल कप' क्रिकेट प्रतियोगिता सुरु

सत्येन्द्र प्रताप सिंह
२०८२ वैशाख २३ गते २०:०९
चन्द्रपुरमा 'जय नेपाल कप' क्रिकेट प्रतियोगिता सुरु

रौतहट : रौतहटको चन्द्रपुरमा “जय नेपाल कप” क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । चन्द्रपुर वडा नम्वर ८ कोटिहोम खेल मैदानमा “जय नेपाल कप” अन्तर कलेज क्रिकेट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा सुरु भएको श्यामहरि चौलागाईंले बताए । 

प्रतियोगितामा जिल्लाका ८ वटा क्याम्पसको क्रिकेट टिम सहभागी रहेको जनाइएको छ । ती टिमलाई दुई समूहमा विभाज गरिएको छ । समूह ‘ए’ मा गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), मध्य रौतहट मल्टिपल क्याम्पस (गरुडा), सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा), कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छन् । 

यसैगरी समूह ‘बी’ मा सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर), श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण), लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर) अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका छन्  ।

प्रतियोगिताको लिग म्याच वैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । वैशाख ३० गते सेमिफाइनल र ३१ गते दिउँसो फाइनल खेल हुने आयोजक समितिले जनाएको छ । 

विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार पुरस्कार व्यवस्थापन गरिएको छ । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर