२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

कवाड व्यवसायीहरूको गुनासो–महानगरबाट लखेटियौं

मध्यान्ह
२०८२ वैशाख २२ गते १७:३३
कवाड व्यवसायीहरूको गुनासो–महानगरबाट लखेटियौं

काठमाडौं : कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगर प्रहरीको गुण्डागर्दीबाट आजित भएको गुनासो गरेका छन् ।

कवाड व्यवसायीमाथि ज्यादति भएको भन्दै त्यस्ता कार्य रोकेर व्यवसायलाई सुरक्षाको प्रत्याभूतिलगायतका माग राखेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राज कुमार गुप्तालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार मन्त्रालयमा समितिका संयोजक रामकेवल गुप्ता रौनियारसहित ओम प्रकाश सिंह, मनोहर प्रशाद चौधरी, सुरेश शाह र सरोज श्रेष्ठको टोलीले मन्त्री गुप्तासँग भेट गरेका हुन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरबाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेको आरोप लगाउँदै त्यस्तो कार्य रोक्न उनीहरूले मन्त्री गुप्तालाई आग्रह गरे ।

काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि नगर प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी र संकलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, संकलक र मजदुरका साइकल र समान जफ्त गर्ने काम गरिरहेको भन्दै उनीहरूले मन्त्री गुप्ताको ध्यानाकर्षण गराए ।

काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरूको टाउको फुटेको र अङ्गभङ्ग भएको पनि कवाड व्यवसायीहरूले उल्लेख गरेका छन् ।

ADV

सम्बन्धित खबर