२०८२ वैशाख २२ गते सोमवार / May 05 , 2025 , Monday
२०८२ वैशाख २२ गते सोमवार
Ads

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

मध्यान्ह
२०८२ वैशाख २२ गते १५:३२
एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काठमाडौंः अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ ।

स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ । शरणार्थी समयमा उनीहरू शिक्षा, आवागमनको स्वतन्त्रतालगायतका प्रतिबन्धका विचमा अनिश्चित भविष्यको सामना गरिरहेका छन् । उनीहरूले स्वऐच्छिक रुपमा सुरक्षित र सम्मानजनक फिर्ता हुन पाउनुपर्ने युएनएचसीआरले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।

करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू हाल विदेशमा बसिरहेका छन् अधिकांश इरान र पाकिस्तानमा छन् । पाकिस्तानी सरकारले सन् २०२५ सम्ममा ३० लाख अफगानीहरूलाई निष्कासन गर्ने योजना बनाएको छ भने इरानी अधिकारीहरूले कागजातविहीन अफगानीहरूलाई आफ्नो घर फर्कन आग्रह गरेका छन् ।

अफगानिस्तानको चरम गरिबी र बेरोजगारीले आफ्ना नागरिकहरूलाई इरान पाकिस्तान लगायतका वैदेशिक मुलुकमा अवसरहरूको खोजी गर्दै  देश छोड्न बाध्य पारेको जनाइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर