कपिलवस्तु : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित उमरीचोकमा आइतबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन् । बुटवलबाट सुर्खेततर्फ जाँदै गरेको लु २ त ६८१५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ६४५९ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
वडा प्रहरी कार्यालय चन्द्रौटका प्रहरी निरीक्षक सुजनबिक्रम शाहका अनुसार घाइतेमध्ये मुगु घर भएकी २० वर्षीया रमना बिकको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि केही समय यातायात अवरुद्ध भएको थियो भने अहिले राजमार्ग सञ्चालनमा आएको छ ।