२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

राष्ट्रकवि घिमिरेको शालिक अनावरण

मध्यान्ह
२०८२ वैशाख २१ गते १७:०५
राष्ट्रकवि घिमिरेको शालिक अनावरण

लमजुङ : राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उल्घाटन तथा उनको शालिक अनावरणका गरेका छन् ।

उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मस्र्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र शालिक अनावरण गरेका हुन् । साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट पनि गरे ।

राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट २० लाख, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट चार लाख र मस्र्याङ्दी गाउँपालिकाबाट तीन लाखको सहयोगमा पार्कको संरचना तथा शालिक निर्माण गरिएको हो ।

राष्ट्रकवि माधव घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको मस्र्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । उनको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर