रौतहट : रौतहटको चन्द्रपुर ४ मा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गरूडा नगरपालिका-२ गेडही गुठ्ठीका ६० वर्षीय बलिराम सहनी तथा उनकी छोरी ४० वर्षीया उर्मिला देवी रहेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार आइतबार बिहान माेटरसाइकल तथा कार एकआपसमा ठाेक्किएर दुर्घटना हुँदा उनीहरूकाे मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका दुबै जनाकाे उपचारका क्रममा मृत्यु भएको उनले बताए । बुबा बलिरामको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छाेरी उर्मिलाकाे एलएस न्यूराे हस्पिटल बारामा मृत्यु भएको उनले बताए ।
उनीहरु सवार ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।