२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

सांसद अमरेशको आरोप : लेखा समितिले सरकारलाई भ्रष्टाचार गर्न सघाउँछ

मध्यान्ह
२०८२ वैशाख २१ गते १५:५४
सांसद अमरेशको आरोप : लेखा समितिले सरकारलाई भ्रष्टाचार गर्न सघाउँछ

काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गरिरहेको आरोप समितिकै सदस्य अमरेशकुमार सिंहले लगाएका छन् । लेखा समितिको आइतबारको बैठकमा सांसद सिंहले सरकारले गरिरहेका भ्रष्टाचारका काममा समितिले सहजीकरण गरिरहेको आरोप लगाए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमन उपसमितिको प्रतिवेदन सांसदहरूलाई वितरण गरेपछि धारणा राख्दै सांसद सिंहले लेखा समितिले आफ्ना काम सम्पन्न गर्न नसकेको र सरकारको छाया बनेको बताएका हुन् ।

लेखा समितिको सभापति सरकारको नेतृत्व गरिरहेको एमालेका ऋषिकेश पोखरेल छन् । समितिले भ्रष्टाचार र अनियमितताका विषयमा लेखा समितिले गर्नुपर्ने छानबिन नगरेको भनी प्रश्न उठिरहेका छन् । यसै सम्बन्धमा समिति सदस्य सिंहले पनि लेखा समितिको कामप्रति प्रश्न उठाएका हुन् ।

लेखा समितिको प्रभावकारिता नै घटाउने काम नेतृत्व र सदस्यहरूबाट भएको सिंहले बताए । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइन, सिमेन्ट र डन्डीको मूल्य वृद्धि लगायतका विषयमा सुरुवाती छानबिन गरिएको तर निष्कर्षमा नपु¥याई भ्रष्टाचारलाई प्रश्रय दिइएको उनको भनाइ थियो ।

‘जसले राज्यकोषमा नियन्त्रण र खर्च गर्छ त्यसले दुरुपयोग गर्छ भन्ने उद्देश्यले लेखा समिति गठन भएको त्यसमा नियन्त्रण गर्नका लागि हो । राज्यकोषण सही ढंगले खर्च होस् भनेर लेखा समिति गठन गरिएको हो,’ उनले भने, ’सार्वजनिक लेखा समितिले भ्रष्टाचारलाई सहजीकरण गरिरहेको छ । भ्रष्टाचारलाई सहजीकरण कहीँ गरेको छैन भने देखाउँदा भयो ।’

सांसद सिंहले समिति सभापति पोखरेललाई नियमित रूपमा बैठक बोलाउन माग गरे । प्रतिनिधिसभाका समितिमध्ये सबैभन्दा कम बैठक बस्नेमा सार्वजनिक लेखा समिति परेको उनको भनाइ थियो ।
सार्वजनिक लेखा समितिमा प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिवलाई 

ADV

ताजा खबर

सम्बन्धित खबर