२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

पौने २ करोड भ्रष्टाचारमा ९ जनाविरुद्ध मुद्दा दायर

मध्यान्ह
२०८२ वैशाख २१ गते १५:४७
पौने २ करोड भ्रष्टाचारमा ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : वीरगञ्जको नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

अस्पताल भवन निर्माणमा १ करोड ८४ लाख ३८ हजार रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुर, सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख इन्जिनियर राजेन्द्र साह तथा इन्जिनियर सकुर अन्सारी, अस्पतालका तत्कालीन नायब सुब्बा शुशिलप्रसाद यादव र तत्कालीन लेखापाल सुदिप कुमार माझी,  मूल्याङ्‍कन समिति संयोजक डा. वीरेन्द्रबहादुर प्रधान र सदस्य–सचिव माधवी चौधरी, मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्सका प्रबन्ध निर्देशक तथा लुम्बिनी मिसन जेभीका प्रतिनिधि जगत बुढा, लुम्बिनी बिल्डर्सका तत्कालीन प्रबन्ध निर्देशक बिष्णु प्रसाद शर्मा र लुम्बिनी मिसन जेभीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

उनीहरूमाथि अस्पतालको आकस्मिक कक्ष भवन निर्माणको ठेक्कामा कूल लागतको ३.५ प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउने र मुख्य निर्माण कार्य नभई सहायक निर्माण कार्य रहेको निर्माणमा एम ३५ इन्टरलक ब्लक बिछ्याउन बोलपत्र अस्वीकृत गरी मिलेमतोमा राज्यलाई हानिनोक्सानी गरेको अख्तियारको आरोप छ । 

आर्थिक वर्ष २०७७/०७८ मा नारायणी अस्पतालको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत हुने गरी इन्टरलक टायललाई भवन निर्माणको मुख्य आइटमको रूपमा समावेश गरेको पाइएको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले उनीहरूविरुद्ध १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बिगो दाबी गरेको छ ।  


 

ADV

ताजा खबर

सम्बन्धित खबर