२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

नेकपा एस ताप्लेजुङले प्रजिअमार्फत सरकारलाई बुझायो माग

मध्यान्ह
२०८२ वैशाख २० गते १८:४५
नेकपा एस ताप्लेजुङले प्रजिअमार्फत सरकारलाई बुझायो माग

ताप्लेजुङ : नेकपा (एकीकृत समाजवादी) ताप्लेजुङले जिल्लाका समसामयिक विषयका मागपत्र जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष पेस गरेको छ । 

जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य नीताकुमारी सिवा र कार्यवाहक जिल्ला अध्यक्ष दुर्गाप्रसाद श्रेङचोङवाङसहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मामार्फत उक्त मागपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष पेस गरेका हुन् ।

१६ वटा योजनाको नाम तोकेरै सडक पूर्वाधारतर्फ ती योजना पूरा गर्न माग गरिएको छ । सडक पूर्वाधारतर्फ तमोर करिडोर सडक तथा उक्त क्षेत्रमा निर्माण हुनुपर्ने पुलहरू समयमै निर्माण गर्न, बसन्तपुर–गुफा–साँघु सडक कालोपत्रे गर्न र काबेली करिडोर सडकलाई पूर्णता दिने लगायतका माग गरिएको छ ।

जलविद्युततर्फ जिल्लालाई लगानीमैत्री बनाउन, परियोजनाको वातावरणीय मूल्यांकनको विधि र प्रक्रियालाई पारदर्शी बनाई कडाईका साथ कार्यान्वयन गर्ने सहितका माग गरिएको छ । 

पदमार्गतर्फ मिल्के–जलजले–साँघु–फाकुम्बा–थिङलाबु–गुराँसे पोखरी–चाँगा–किलिङ–तोक्पेगोाला–याङमा–घुन्सा पदमार्ग सहितको माग गरिएको छ । भवनतर्फ गाउँपालिका केन्द्रमा सामुदायिक भवन निर्माण तथा फुङलिङ नगरपालिकामा सामुदायिक भवन निर्माण गर्न माग गरिएको छ ।

फुङलिङ नगरपालिकामा अहिले रहेको सामुदायिक भवन सहितको क्षेत्रलाई आधार मानी वृहत् सामुदायिक भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न अहिले माटो परीक्षण सहितका कार्य भने भइरहेको छ । 

यस्तै कृषितर्फ ६ बुँदे, उद्योगतर्फ ३ बुँदे, शिक्षातर्फ ५ बुँदे र स्वास्थ्यतर्फ बिमा कार्यक्रम प्रभावकारी बनाउने, न्यूनतम् रूपमा बालरोग स्त्रीरोग, दाँत, हाड र मुटु रोगका विशेषज्ञ सेवा उपलब्ध गराउनुपर्ने सहितका ६ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरिएको छ ।

मागपत्रमा पर्यटन प्रवद्र्धन, सुशासन कायम राख्नेसहित सामाजिकतर्फ जातीय छूवाछुत र विभेद अन्त्य गर्नेदेखि उत्पीडनविरुद्धका अभियान प्रभावकारी बनाउनेसम्मका कार्यक्रम समावेश गर्न माग गरिएको छ ।

यस्तै शान्ति सुरक्षातर्फ प्रहरी चौकी थपदेखि ट्राफिक प्रहरीको संरचना पालिका स्तरसम्म विस्तार गर्नुपर्ने सहितका मागपत्र पेस गरिएको नेकपा एसका जिल्ला सचिव मोहन न्यौपानेले जानकारी दिए । नेकपा एसले ताप्लेजुङले ६ पानाको मागपत्र सरकारसमक्ष पेस गरेको हो ।

ADV

सम्बन्धित खबर