काठमाडौंः सरकारले जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।
उनले कृषि मल कारखाना स्थापनाका लागि आगामी वर्षदेखि सरकारले काम सुरु गर्ने बताए । रासायनिक मलको प्रयोगबाट मानव स्वास्थ्यमा हुने हानीको न्यूनीकरण गर्न बताए । उनले रासायनिक मलको मूल्य,आपूर्ति र वितरण प्रक्रिया परिवर्तन गरिने बताए।
उनले भने, ‘रासायनिक मलको मूल्य, आपूर्ति र वितरणको प्रक्रियालाई परिमार्जन गरिने छ । कृषि मल कारखाना स्थापना गर्न आवश्यक कार्य गरिने छ । रसायन तथा विषादिको आयात तथा प्रयोगलाई नियमन गरी त्यसको अधिक प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असर तथा जैविक विविधतामा आउने ह्रासको जोखिम न्युनिकरण गरिनेछ । जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गरिने छ । कृषि पशुपंक्षी तथा खाद्य प्रयोगशालाहरुको विद्यमान प्रत्ययनको दायरालाई बिस्तार गरी अन्तर्राष्ट्रिय प्रत्ययनयुक्त प्रयोगशालामा स्तरोन्नती गरिनेछ ।’
राष्ट्रपति पौडेलले कृषि, पशुपंक्षी तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताए ।