२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा

मध्यान्ह
२०८२ वैशाख १९ गते १०:०८
रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा

गण्डकी : रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो । नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण पालिकाले गर्न सक्ने व्यवस्था छ ।

रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार पालिकामा आर्थिक वर्ष २०७४/०७५ मा छवटा, आव २०७५/०७६ मा १३ वटा, आव ०७६/७७ मा २२ वटा, आव ०७७/७८ मा २५ वटा, आव ०७८/०७९ मा आठ वटा, आव ०७९/८० मा १२ वटा र आव ०८०/८१ मा नौवटा मुद्दा दर्ता भएका छन् ।

न्यायिक समितिमा सबैभन्दा बढी जग्गा भोगचलनसम्बन्धी ४६ वटा र सम्बन्ध विच्छेदका २१ वटा मुद्दाका साथै ज्याला, गाली बेइज्जतीसम्बन्धी मुद्दा छन् । 

ADV

सम्बन्धित खबर