२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

प्रिसाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

मध्यान्ह
२०८२ वैशाख १९ गते ०८:५२
प्रिसाको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

काठमाडौँ : भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनामा परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल सुरु गरेको छ ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाले बिहीबार नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको बताएकी छन् ।

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा बिहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनी बी.टेक साइन्सकी विद्यार्थी थिइन् ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

ADV

सम्बन्धित खबर