२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

ओडिशमा फेरि नेपाली विद्यार्थीको मृत्यु

मध्यान्ह
२०८२ वैशाख १८ गते २२:३४
ओडिशमा फेरि नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं : भारतको ओडिशामा फेरि एक नेपाली छात्राको मृत्यु भएको छ ।

ओडिशाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।  

केआईआईटीमा कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिशा शाहको मृत्यु भएको ओडिशाको स्थानीय सञ्चारमाध्यमहरूले जनाएको छ । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् । उनी वीरगञ्जकी स्थायी बासिन्दा हुन् । 

उनी केआईआईटीको होस्टलको कोठा नम्बर ११ मा बस्दै आएकी थिइन् । उनको शरीर कोठाभित्र झुण्डिएको अवस्थमा फेला परेको छ । उनले के कति कारणले आत्महत्या गरेकी हुन् भन्ने विषयमा केही खुलेको छैन ।

उनी होस्टलमा विश्वविद्यालयकै अन्य छात्रा दिदीहरूसँगै बस्ने गरेकी थिइन् । तर घटनाको क्रममा कोठामा कोही थिएनन् ।

घटनापछि ओडिशा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । साहको शव पोष्टमार्टमका लागि अहिले अस्पतालमा राखिएको छ । परिवारका सदस्य उपस्थित भएपछि पोस्टमार्टम गरिने छ ।

यसअघि ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् । 

आफूमाथि भएको मानसिक दुव्र्यवहार सहन नसकेर लम्सालले आत्हत्या गरेको खुलेको थियो । 

ADV

सम्बन्धित खबर