२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : मुख्यसचिव अर्याल

मध्यान्ह
२०८२ वैशाख १८ गते १२:२८
आन्तरिक रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान जरुरी : मुख्यसचिव अर्याल

काठमाडौं : मुख्यसचिव एकनारायण अर्यालले सरकारले श्रमिकको हितमा ध्यान दिनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित शुभकामना तथा श्रम संसार पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै उनले श्रमिकको हितमा ध्यान दिँदै उनीहरुलाई स्वदेशमै बस्न प्रेरित गर्नुपर्ने बताएका हुन् ।

आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनको भनाइ छ । मुख्यसचिव अर्यालले आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरुलाई दक्ष बनाएर श्रम बजारमा पठाउनु आजको आवश्यकता रहेको उल्लेख गरे । उनले सीपबिनै वैदेशिक रोजगारीमा जाने गरेका कारण नेपाली धेरै समस्याहरुको सामना गर्नुपरेको बताए ।

उनले भने, ‘हामीले श्रमिकको हितमा काम गर्नुपर्छ । हामीले कसरी उहाँहरुलाई स्वदेशमै बस्न प्रेरित गर्ने ? वैदेशिक रोजगरीमा जना बाध्य युवाहरुलाई स्वदेश फर्काउन हामीले ध्यान दिनुपर्छ । आन्तरिक रोजगारी सिर्जना गर्नतर्फ हामीले ध्यान दिनुपर्ने आवश्यकता छ । आन्तरिक तथा वाह्य रोजगारीमा जाने श्रमिकहरुलाई दक्ष बनाएर श्रम बजारमा पठाउनुपर्छ । अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि श्रमिकलाई एकैठाउँदेखि तालिम प्रदान गर्नेकुरा आउनुपर्छ । अहिले पनि कुनैपनि सीपबिना वैदेशिक रोजगारमा जाने साथिहरुले धेरै समस्याहरु भोग्नुपरेको छ ।’

वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोजगारदाताको मागअनुसार पठाउनेगरी तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

ADV

सम्बन्धित खबर