२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव

मध्यान्ह
२०८२ वैशाख १८ गते ११:४१
रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई देउवाको सुझाव

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रोजगारी वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउन सुझाव दिएका छन् ।

बिहीबार ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेसले १३६ औं अन्तर्राष्ट्रिय श्रमीक दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले श्रमीकहरुलाई पूर्ण अधिकार सम्पन्न बनाउँदै स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति स्वदेशमी रहने र आफ्नै देशमा ज्ञान, सीप, वृद्धिको विकास र लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको सपना पूरा हुने विश्वास व्यक्त गरे । उनले नेपालको संविधानले रोजगारी र श्रमीकको हक र उचित पारिश्रमीक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको उल्लेख गरे ।

यसअनुसार श्रम ऐन, ट्रेड युनियन ऐन लगायतका कानुनहरु नेपाली कांग्रेसको सरकार (आफू प्रधानमन्त्री) रहेकै बेलामा आएको बताए । सामाजिक सुरक्षाले श्रमिकहरुको आफ्नो सम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्ने उनले दाबी गरे । स्थानीय तहमा श्रम डेस्क राख्ने र सामाजिक सुरक्षाको दायरामा ल्याउन सरकारबाट पहल गर्न आवश्यक रहेको उनले बताए ।

सभापति देउवाले लोकतन्त्रमा सबै श्रमिकको अधिकार सुरक्षित हुने बताए । उनले नेपाली कांग्रेस श्रमिक अधिकार दिने पक्षमा सदैव अग्रस्थानमा रहेको जिकिर गरे ।

ADV

सम्बन्धित खबर