२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

मध्यान्ह
२०८२ वैशाख १८ गते ०९:२०
पर्वतमा लुङ्दीखोला सिँचाइ आयोजना सम्पन्न

पर्वत : जलजला गाउँपालिका-७ धाइरिङमा सञ्चालित लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ ।जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत रु. ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।

उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ । 

आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए । 

ADV

सम्बन्धित खबर