काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिए ।
शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ । बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाउने तयारी रहेको छ ।