२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौं : मुख्यमन्त्री आचार्य

मध्यान्ह
२०८२ वैशाख १० गते १८:३६
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौं : मुख्यमन्त्री आचार्य

काठमाडौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने उनको भनाइ छ । उनले श्रमिकको स्वास्थ्य परिक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरु स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत बताए । उनले सडकमा आन्दोलन गरेर नभइ संघीय सरकारसँग वार्ता र समन्वय गरी विमानस्थल सञ्चालन गरिने बताए ।

मुख्यमन्त्री आचार्यले भने, ‘नेतृत्व गर्नुपर्‍यो भनेपनि हामी नेतृत्व गरेर अगाडि बढ्छौं । अहिले हामी सडक तताएर होइन संवाद र वार्ताको माध्यमबाट अगाडि बढ्नुपर्छ । विमानस्थल जसरी जुनसुकै हालतमा पनि सञ्चालन हुनुपर्छ । विमानस्थल सञ्चालन गराएरै छाड्छौं । सरकार निराश भएको छैन । स्वास्थ्य, श्रम स्वीकृति र भिसाको काम यहीबाट हुने कुरा तत्काल गर्नुपर्छ भनेर सरकारले बारम्बार भनेको छ । हामीले स्वास्थ्यको परिक्षण भीम अस्पतालमा निःशुल्क गरिदिन्छौं भनेका छौं ।’

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा चार अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गरेका थिए । तर मौसमी अवस्था र यात्रु अभावले नियमित उडान सम्भव नरहेको भन्दै उडान बन्द गरेका थिए । सरकार विमानस्थलको दिगो सञ्चालनको लागि आवश्यक कामहरु भइरहेको दाबी गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर