२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

एसोसिएसनद्वारा बालगृहलाई ५ लाख सहयोग

Nada
२०८२ वैशाख ७ गते ०६:५७
Shares
एसोसिएसनद्वारा बालगृहलाई ५ लाख सहयोग

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौं महानगरपालिका वडा नं ११ बबरमहलस्थित विवेक स्वच्छ सेवा केन्द्र नामक बालगृहलाई ५ लाख रुपैयाँ बराबरको शैक्षिक सामाग्री लगायत सहयोग हस्तान्तरण गरेको छ ।

ncell

शनिबार उक्त केन्द्रमा एक कार्यक्रम आयोजना गरी एसोसिएसनका अध्यक्ष दीपक थापा, कार्यवाहक महासचिव तुलसी पुरी लगायतले केन्द्रमा आश्रित बालबलिकाका लागि विद्यालयको ड्रेस तथा शैक्षिक सामाग्री लगायतको सहयोग हस्तान्तरण गरेको हो ।  

केन्द्रलाई हस्तान्तरण गरिएको सहयोग मध्ये अध्यक्ष थापाले व्यक्तिगत रूपमा १ लाख ५० हजार, कार्यवाहक महासचिव पुरीले ५१ हजार र एसोसिएसन कार्यसमिति सदस्य सविता सिहले १५ हजार रूपैयाँ योगदान गरेका छन् ।

एसोसिएसनको सहयोग प्रति धन्यवाद दिँदै संस्थाकी अध्यक्ष रेबिका सहनीले अप्ठ्यारो परिस्थितिमा प्राप्त सहयोगले विपन्न तथा अविभावकबिहीन बालबालिको शिक्षादिक्षाका लागि हौसला बढ्ने भन्दै एसोसिएसनको सहयोगले संस्थालाई थप ऊर्जा प्रदान गरेको बताइन् । उनले भविष्यका दिनमा पनि सहयोग गर्न आग्रह गरिन् । 

एसोसिएसन कार्यबाहक महासचिव पुरीले क्षमता र सामथ्र्यले भ्याएसम्म एसोसिएसनले सामाजिक सेवाका कामहरूलाई निरन्तरता दिने योजना रहेकोे बताए । सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनोदजंग केसी, उपाध्यक्ष रामप्रसाद गैरे, सदस्य सविता सिह र रोशना निरौला लगायतको उपस्थिति थियो ।
 

ताजा खबर

सम्बन्धित खबर