२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

संसदमा सांकेतिक भाषाको दोभासे राख्न माग

shivam cement
मध्यान्ह
२०८१ असार १९ गते १५:४५
संसदमा सांकेतिक भाषाको दोभासे राख्न माग

काठमाडौं : संसदमा सांकेतिक भाषाका लागि दोभासे राख्न माग गरिएको छ । 

राष्ट्रिय सभाको आज बसेको बैठकको शून्य समयमा सांसद पदमबहादुर परियारले दोभासे राख्न माग गर्दै श्रवण शक्ति कमजोर भएकाहरुका लागि संसद गतिविधिबारे जानकारी गराउन आवश्क रहेको बताए । 

“संसदमा भएको प्रत्यक्ष प्रसारण र रेडर्कसमेत सांकेतिक भाषामा हुनसकेको छैन,” उनले भने, “यसले संसदमा भएका नीति निर्माणका कुरा सुन्नबाट श्रवण शक्ति कमजोर भएकाहरु वञ्चित भएका छन् ।” 

संसदको गतिविधि रेकर्डसमेत सांकेतिक भाषामा प्रयोग नगरिएको हुँदा सरकारले सांकेतिक भाषाको दोभासे राख्न सांसद परियारले माग गरे । 

ADV

सम्बन्धित खबर

Advertise