२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

प्रादेशिक अस्पताल गौर १ सय शय्यामा स्तरवृद्धि

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८१ चैत ११ गते २२:००
प्रादेशिक अस्पताल गौर १ सय शय्यामा स्तरवृद्धि

रौतहट : रौतहटको प्रमुख स्वास्थ्य संस्था प्रादेशिक अस्पताल गौर ५० शय्याबाट १ सय शय्यामा स्तरवृद्धि भएको छ । यस उपलब्धीले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने विश्वास गरिएको छ । 

स्तरवृद्धिसँगै अस्पतालमा नयाँ स्वास्थ्य उपकरणहरू, विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापन, तथा विस्तारित स्वास्थ्य सेवा प्रदान गरिने भएको हो । यसले खासगरी गम्भीर बिरामीहरूलाई उच्चस्तरीय उपचार, सर्जरी सेवा  र प्रसूति सेवामा सुधार ल्याउने अपेक्षा गरिएको हो ।

जिल्लाका हजारौं नागरिकले अब जटिल रोगहरूको उपचारका लागि काठमाडौं वा अन्य ठूला शहर धाउन नपर्ने जनाइएको छ ।

स्थानीयस्तरमै अत्याधुनिक सेवा पाउने भएपछि बिरामीहरू र तिनका परिवारलाई समय र आर्थिक खर्चमा ठूलो राहत पुग्ने भएको छ । 
अस्पतालको स्तरवृद्धिमा महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष मो.अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर लगायत सम्पूर्ण टिम, मधेश प्रदेश सरकार, तथा यस कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा योगदान गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिएको छ ।  

अस्पतालको विस्तारले रौतहटको स्वास्थ्य सेवामा ठूलो सुधार ल्याउने विश्वास गरिएको छ । स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ बनाउन सरकारले आगामी दिनमा विशेषज्ञ चिकित्सकको संख्या थप्ने, भवन निर्माण विस्तार गर्ने, र थप सेवा ल्याउने योजना बनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise