२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

एसईईमा पास गराइदिन्छु भन्दै रकम असुली गरेको आरोप

सत्येन्द्र प्रताप सिंह
२०८१ चैत ८ गते २२:०५
एसईईमा पास गराइदिन्छु भन्दै रकम असुली गरेको आरोप

रौतहट : रौतहटको कटहरियामा एसईई पास गराइदिन्छु भन्दै ट्युसन पढाउने केही शिक्षकले विद्यार्थीसँग रकम असुल गरेको आरोप लागेको छ । 

ट्युसनको नाममा विद्यार्थीहरुसँग एक वर्षदेखि सेटिङ मिलाउँदै आइरहेको तथा अहिले एसईईको बेलामा १ हजारको दरले रकम असुल गरेको एक जना विद्यार्थीले जानकारी दिएका छन् ।

ट्युसन पढाउने शिक्षकले सम्बन्धित परीक्षा केन्द्रको कार्यालय सहयोगीलाई रकम दिएर सेटिङ गरेको बताइएको छ । कार्यालय सहयोगीले ट्युसन पढाउने शिक्षकले बताइएको विद्यार्थीको अनुहार हेरेर सिँधै गेट प्रवेश गराइरहेको समेत बताइएको छ । अभिभावकहरुले भने उक्त विषयमा निष्पक्ष छानबिनको माग गरेका छन् । 
 

ADV

सम्बन्धित खबर