२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

अधुरा योजनाहरु यसैवर्ष पूरा गर्ने नगरप्रमुख श्रेष्ठको प्रतिबद्धता

सुर्य प्रसाद भुसाल
२०८१ चैत ५ गते २०:४५
अधुरा योजनाहरु यसैवर्ष पूरा गर्ने नगरप्रमुख श्रेष्ठको प्रतिबद्धता

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाको आयोजनामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । आ.व.२०८१÷०८२ को पहिलो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाइ गरिएको हो ।  

सन्धिखर्क नगरपालिका वडा नम्बर ८, ९ र १० लाई लक्षित गर्दै सन्धिखर्क १० नं. वडा कार्यालयमा भएको कार्यक्रममा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिक अवधिसम्म सम्पन्न गरेका योजना÷आयोजनाहरुको  मूल्यांकन, सुशासन, पारदर्शिता, सेवा प्रवाह लगायतका विषयमा जानकारी गराइएको थियो । 

कार्यक्रममा  ३ वटा वडाबाट उपस्थित सेवाग्राहीहरुबाट उठेका प्रश्नहरुको जवाफ दिँदै सन्धिखर्क  नगरपालिका  प्रमुख कृष्णप्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालिका नगरबासीको चाहना अनुसार   अगाडि बढेकाले बजेटको अभावमा सानातिना केही योजनाहरु अधुरा रहेको भएपनि ती योजनाहरु यसै वर्ष पूरा गर्ने बताए । 

विकास निर्माणले विस्तारै गति लिँदै गएकाले नगरपालिकाको अबको लक्ष्य भनेको नागरिकलाई रोजगारी सृजना गर्दै मुख्य चुनौतीको रुपमा देखा परेको बसाइँसराइ रोक्नका लागि बजेट विनियोजन गर्ने र युवायुवतीलाई तालिम सिकाएर स्वरोजगार सिर्जना गर्ने गरी कामहरु भएको उनले बताए ।

कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्यले नगरले ल्याएका कार्यक्रमहरुको मूल्यांकन र अनुगमन गरेर मात्र भुक्तानीका लागि अगाडि  फाइल अगाडि बढाउन निर्देशन दिएको बताइन् ।

नगरका  जनताको माग अनुसार  नगरपालिकाले कार्यक्रम ल्याउने गरेको बताउँदै उपप्रमुख आचार्यले न्यायिक क्षेत्रमा पनि सकारात्मक काम गरिरहेको बताइन् । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले पारदर्शिता र सुशासनको पाटोमा नगरपालिका कतै नचुक्ने गरी काम गरिरहेको बताइन् । 

कार्यक्रममा योजना शाखा प्रमुख दिलिप के.सी., पशु शाखा प्रमुख नारायण खनाल, प्राविधिक शाखा प्रमुख प्रमोद के.सी, कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, राजश्व प्रमुख मुक्ति खनाल, शिक्षा शाखा प्रमुख मन्जु आचार्य, जिन्सी शाखा प्रमुख था(नबहादुर महत्रा, नगरपालिकाका प्रवक्ता मोतिजंग रायमाझी, वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, ६ का अध्यक्ष श्रीधर महत्रा, ९ का अध्यक्ष पदमबहादुर भुसाल, १२ का अध्यक्ष नारायण खड्का लगायतले सेवाग्राहीबाट उठेका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए ।

ADV

सम्बन्धित खबर