२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

अर्घाखाँचीलाई धार्मिक पर्यटन हवको रुपमा विकास गरिने

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ फागुन १६ गते २०:२९
अर्घाखाँचीलाई धार्मिक पर्यटन हवको रुपमा विकास गरिने

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्ला लुम्बिनी प्रदेशमै धार्मिक तथा अन्य पर्यटकहरुको आकर्षणको मुख्य केन्द्र बन्दै गएको बताएका छन् । अर्घाखाँचीको सुपा देउराली मन्दिर संरक्षण समितिको १३ औं वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै आचार्यले धार्मिक पर्यटन प्रवद्र्धनका लागि डिजिटल प्रविधिको उपयोग सुपादेउरालीमा गर्नुपर्नेमा जोड दिए ।

‘अर्घाखाँची धार्मिक, सांस्कृतिक र पर्यटनको दृष्टिकोणले अपार सम्भावना बोकेको जिल्ला हो । यहाँ पाणिनी तपोभूमि, अर्घा दरबार, मालारानी नरसिंह थान, बलकोट पौवा, सिद्धेश्वर मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु छन् । यिनै क्षेत्रलाई समेटिएको धार्मिक पर्यटकीय हबको रुपमा प्रदेश सरकारले विकास गर्न चाहेको छ’मुख्यमन्त्री आचार्यले भने, ‘सुपा देउराली मन्दिरमा वार्षिक लाखौँ भक्तजन आउने गरेका छन्, व्यवस्थित प्रचार–प्रसार गर्न सकियो भने धार्मिक पर्यटन अझ विस्तार गर्न सकिन्छ । धार्मिक पर्यटकहरु आकर्षित हुँदै गएको पाएका छौं । थप व्यवस्थित गरेर अघि बढ्न तीनै तहका सरकारको सहयोग जरुरी छ ।’

आचार्यले डिजिटल युगमा धार्मिक पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारलाई प्रविधिसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै भने,‘सुपा देउरालीका गतिविधि तथा प्रगतिलाई दैनिक रूपमा जनताको बीचमा हिसाब किताब सार्वजनिक गर्नुपर्छ । अब एउटा डिजिटल पेज बनाएर हरेक दिनको विवरण अद्यावधिक गर्ने प्रणाली विकसित गरिनुपर्छ ।’

मुख्यमन्त्री आचार्यले सुपा देउराली मन्दिरलाई थप व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै सफाइ, सुरक्षा र व्यवस्थापनमा सुधार गर्न निर्देशन दिए । 

मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकहरूको आगमन बढाउने हो भने योजनाबद्ध रूपमा काम गर्न आवश्यक रहेको बताए । 

व्यवस्थित प्रचार–प्रसार गर्न सके वर्षको १५–२० करोड रुपैयाँ आम्दानी गर्न सकिने गुरुयोजनाले तोकेको निर्माण कार्य गर्न अब अरू कसैको मुख ताक्नुपर्ने अवस्था नरहने भन्दै उनले धार्मिक पर्यटनको दीर्घकालीन सम्भावनामा जोड दिए । 
 

ADV

सम्बन्धित खबर

Advertise