२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

गाउँमा पुगेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीको उपचार

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ फागुन ११ गते २१:४८
गाउँमा पुगेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय बढीको उपचार

अर्घाखाँची : भूमिकास्थान नगरपालिका र देउराली यातायात प्रा.लिको संयुक्त आयोजनामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको शिविरमा ६ सय १६ जना बिरामीले सेवा लिएका छन् । 

विगत लामो समयदेखि अर्घाखाँचीमा यातायात सेवा दिँदै आएको देउरालीले गत वर्ष प्रा.लि.को प्रधान कार्यालय गुण्टेखोलामा शिविर सम्पन्न भएको हो । यसपटक ग्रामीण इलाकामा शिविर आयोजना गरिएको यातायात प्रा.लि.का महासचिव प्रेम पाण्डेले बताए । 

स्वास्थ्य शिविरमा फिजिसियन, हाडजोर्नी तथा नशारोग,स्त्री तथा प्रसुती रोग, नाक कान घाँटी,सर्जरी मुटु तथा मुत्र रोगलगायतका विभिन्न खालका विशेषज्ञ बिरामीले लिएको यातायात प्रा.लि.का अध्यक्ष गोबिन्द बन्जाडेले जानकारी दिए । मेडिटेक इन्टरनेशनल हस्पिटल प्रा.लि.का ८ जना विशेषज्ञ तथा अन्य मेडिकल अफिसरसहित प्राविधिकहरुको टिमले चेकजाँच ल्यावटेस्ट तथा औषधि वितरण गरेको अध्यक्ष बन्जाडे बताए ।

आर्थिक समस्याका कारण उपचार गर्न नपाएका गाउँ तथा ग्रामीण तहसम्मका जनतामा निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले राखिएको शिविरमा उपचारका लागि गाडी चढेर आउन नसक्ने गरिब निमुखा, बिरामीलाई गाडीको व्यवस्था समेत मिलाइ उपचार गरिएको देउराली यातायात प्रा.लि.का अध्यक्ष असोक भुसालले जानकारी दिए ।

पूर्व देउराली यातायात प्रालिका अध्यक्ष योगेन्द्र खड्काले भने प्रा.लि.ले सबैको पहुँचमा सहज तवरले स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले असहाय, दुःखी गरिबलाई निःशुल्क स्वास्थ सेवा औषधि वितरणबाट लाभान्वित गराउने गरी शिविर सञ्चालन गरिएको बताए ।

बिरामी उपचारका शिविरमा आउने सबै स्वास्थ्यका क्षेत्रमा ख्यातिप्राप्त डाक्टर र अत्याधुनिक ल्याव सेवा भएको हुँदा सबै बिरामीहरुको स्वास्थ्य परीक्षण गरी उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलका प्रबन्ध निर्देशक गणेशप्रसाद ज्ञावलीले जानकारी दिए ।

देउराली यातायात प्रा.लि.ले छिटोछरितो, सहज र निःशुल्क विशेषज्ञ स्वाथ्य सेवा गाउँमै प्रदान गरेको देख्दा निकै खुसी लागेको भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीका  समाजसेवी महेन्द्र पाण्डेले खुसी ब्यक्त गरे ।

विगत लामो समयदेखि अर्घाखाँची जिल्लाभर साथै छिमेकी जिल्लाहरु बुटवल काठमाडौं, पोखरा, दाङलगायतका क्षेत्रमा सुरक्षित र भरपर्दो यातायात सेवा प्रदान गर्दे आएको प्रा.लि.ले कोरोनालगायतका विभिन्न खालका विपद,राहत तथा उद्धार र समस्याका बेला पनि सामाजिक काम गर्दै आएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise