२०८२ वैशाख २४ गते बुधवार / May 07 , 2025 , Wednesday
२०८२ वैशाख २४ गते बुधवार
Ads

सहकारी अध्यादेशमा परिमार्जन गर्न प्रधानमन्त्रीलाई सुझाव

मध्यान्ह
२०८१ माघ १९ गते १५:१९
सहकारी अध्यादेशमा परिमार्जन गर्न प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं : एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमक्ष हालै जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका कतिपय प्रावधानलाई प्रतिस्थापन विधेयकमार्फत परिमार्जन गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री निवासमा एमालेको केन्द्रीय सहकारी विभागका प्रमुख खगराज अधिकारी र महासंघका अध्यक्ष ओमदेवी मल्लले शनिबार बेग्लाबेग्लै सुझावपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

अर्थतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहेको सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेशमार्फत लिइएको कदम सकारात्मक भए पनि कतिपय व्यवस्था परिवर्तनयोग्य विषयबारे उनीहरूले सरकारको ध्यानाकर्षण गराएको हो ।

कुनै व्यक्ति बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालकमा २ कार्यकाल भन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने र बहाल रहन नसक्ने अध्यादेशको व्यवस्थालाई संशोधन गरी एकै पदमा लगातार २ कार्यकालभन्दा बढी अवधिका लागि निर्वाचित हुन नपाउने व्यवस्था गर्न माग गरिएको छ ।

सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले प्रतिस्थापन विधेयकमार्फत प्रस्तुत विषयमा छलफल गरिने र सत्तासाझेदार दलसँग पनि सरकारको ध्यानाकर्षण गराइएका विषयमा परामर्श गर्नुपर्ने बताए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर