२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

मध्यान्ह
२०८१ माघ १६ गते १६:४७
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

पर्साः वीरगंज महानगरपालिका–१० आदर्श नगरबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत बिहार राज्य पूर्वी चम्पारण मोतिहारी थाना रक्सौल घर भएका २७ वर्षीय ओम कुमार रौनियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ क्यू ४३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यस्तै, बाराको बिश्रामपुर गाउँपालिका–३ मुसहर्वा चोकबाट स्रोत नखुलेको नगद ३ लाख २ हजार ५ सय ६५ रूपैयाँसहित भारत ग्राम पंचायत जडवा मोतिहारी बस्ने ३८ वर्षीय प्रमोद प्रसाद साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१४ प ७९२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर