२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

गैरहाजिर भएका प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

मध्यान्ह
२०८१ माघ १० गते ११:४३
गैरहाजिर भएका प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन

काठमाडौंः गैरहाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर भएका प्रहरी १५ जनालाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

हवलदार, सहायक हवलदार, अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर