२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

लागुऔषधसहित पक्राउ

मध्यान्ह
२०८१ माघ ८ गते २१:४५
लागुऔषधसहित पक्राउ

रौतहट : रौतहटबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय प्रचण्डबहादुर थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोका अनुसार थापालाई चन्द्रपुर ४ बाट पक्राउ गरिएको हो ।

उनको साथबाट १ ग्राम खैरो हिरोइन बरामद गरिएको छ । उनलाई लागुऔषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक महतोले जानकारी दिए । 

ADV

सम्बन्धित खबर