२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

निरन्तरको वर्षाले विराटनगर जलमग्न, करिब ५ सय घर डुबानमा

मध्यान्ह
२०८१ असार १२ गते ११:४५
निरन्तरको वर्षाले विराटनगर जलमग्न, करिब ५ सय घर डुबानमा

काठमाडौं : निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेपछि विराटनगर जलमग्न बनेको छ । विराटनगर महानगरपालिकाका ५, ६, १२, १६, १८, १९ वडा जलमग्न भएको हो ।

वर्षाका कारण बूढी खोला, केसलिया लगायत खोलामा जल सतह बढेको छ । खोलाको बाढी आसपासका बस्तीमा पस्दा करिब ५ सय घर डुबानमा परेका छन् ।

पानीको बहाव बढेपछि सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । मंगलबार रातिदेखि परेको पानी नरोकिएका कारण विराटनगरका विद्यालय पनि बिदा भएको छ । विराटनगरमा पछिल्लो १२ घन्टामा २९ मिलिमिटर वर्षा मापन भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर