२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

एकै पटक १३ सचिवको सरुवा

मध्यान्ह
२०८१ पुष २८ गते २१:४४
एकै पटक १३ सचिवको सरुवा

काठमाडौं : सरकारले एकै पटक १३ सचिवको सरुवा गरेको छ । शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले १३ सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव कृष्णहरी पुस्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ भने मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयकमा सरुवा भएको छ ।

महालेखा नियन्त्रणको कार्यालयमा कार्यरत सचिव बिनोदप्रकाश सिंहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेको सिंह कार्यरत रहेको कार्यालयमा सरुवा भएको छ ।

उपराष्ट्रपति कार्यालयमा कार्यरत लक्ष्मीकुमारी बस्नेतको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ भने उक्त मन्त्रालयका सचिव दिनेश भट्टराईको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ ।

यस्तै निर्वाचन आयोगमा कार्यरत सचिव रबिलाल पन्थको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने मन्त्रालयका सचिव भरतमणी सुवेदीको आयोगमा सरुवा भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा.हरिप्रसाद लम्साललाई मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

यस्तै कर्णाली प्रदेश सरकारको प्रमुख सचिव चुणामणी शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् भने मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेलको कर्णाली प्रदेश प्रमुख सचिवमा सरुवा भएका छन् ।

यस्तै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थको बागमती प्रदेश सरकारको प्रमुख सचिवमा सरुवा भएका छन् भने सहसचिव बाबुराम अधिकारीलाई लुम्बिनी प्रदेश सरकारको कायममुकायम (कामू) प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।

यस्तै मदन भुजेललाई मधेश प्रदेश सरकारको कामू प्रमुख सचिवको जिम्मेवारी दिइएको छ । 

सहसचिव अधिकारी र भुजेल अब सचिव बढुवाको लाइनमा रहेका छन् ।

कामू प्रमुख सचिवको जिम्मेवारी पाएका सहसचिव अधिकारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा द्धिपक्षीय क्षेत्रिय व्यापार महाशाखा एवम मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा छन् । भुजेल कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर