२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

भरूवा बन्दुकसहित पाँच जना पक्राउ

मध्यान्ह
२०८१ पुष २८ गते १२:३३
भरूवा बन्दुकसहित पाँच जना पक्राउ

सुनसरीः धरान उपमहानगरपालिका१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको गोली ३ थान, टोटा बन्दुकको गोली २ थान, बारूद र खुकुरी १ थानसहित इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरी समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरानबाट रासतालतर्फ जाँदै गरेको बा.४ च ४३३ नम्बरको कारलाई जाँच गर्दा उक्त हातहतियार फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADV

सम्बन्धित खबर