२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

मध्यान्ह
२०८१ पुष २८ गते ११:२१
वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला

कैलाली : टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको  छ । टीकापुर नगरपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क रु २० राख्ने निर्णय  भएको जानकारी दिए। 

उनले भने, “उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छुक  व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।” 

विसं २०४३ मा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२  कोठा छन् । तत्कालीन समयमा तत्कालीन राजा वीरेन्द्र बेला बेलामा टीकापुर आउँदा यही बाटिकामा बस्ने गरेको बताइन्छ ।

ADV

सम्बन्धित खबर