२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

मध्यान्ह
२०८१ पुष २४ गते १०:३९
सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

सङ्खुवासभा : जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए । 
 
उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र  मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । 

अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ । 

ADV

सम्बन्धित खबर