२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

मध्यान्ह
२०८१ पुष २३ गते १३:४०
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौंः बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर बाग्मती गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–२ पानीपोखरी बस्ने २८ वर्षीया सन्ध्या गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको गत वैशाख १७ गतेको फैसलाले उक्त मुद्दामा १ दिन कैद, बिगो बमोजिमको जरिवाना २ लाख ८१ हजार रूपैयाँ र क्षतिपूर्ति ११ हजार २ सय ४० रूपैयाँ तथा जिल्ला अदालत भक्तपुरको गत जेठ ८ गतेको फैसलाले उक्त मुद्दामा ५ दिन कैद, बिगो बमोजिमको जरिवाना १ लाख रूपैयाँ र क्षतिपूर्ति ४ हजार रूपैयाँ ठहर भइ फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं पानीपोखरीबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पाटन ललितपुर पठाइएको छ ।

ADV

सम्बन्धित खबर