२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

मध्यान्ह
२०८१ पुष २० गते १३:४१
सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

महोत्तरी : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै पक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका नेता सिंहले आज बर्दिबासमा पार्टी कार्यकर्तासँगको भेटमा वर्तमान सरकार संविधान संशोधन गर्ने सहमतिका साथ गठन भएको बताउँदै संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग संविधान संशोधनका बारेमा पर्याप्त छलफल र गृहकार्य गर्नुपर्नेमा जोड दिए । 

उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने बताए । “यो सरकार प्रतिनिधि सभाको अर्को निर्वाचनसम्म रहनेछ”, उनले भने, “वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आश जागेको छ ।” साथै उनले पार्टी कार्यकर्तालाई ऊर्जावान् भएर संगठन विस्तारमा लाग्न आग्रह गरे ।  

ADV

सम्बन्धित खबर