२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

प्रचण्ड भन्छन्- शेरा दरबारको जग्गा कानुनविपरीत भए सरकारको नाममा फिर्ता ल्याइयोस्

मध्यान्ह
२०८१ पुष १८ गते १२:५७
प्रचण्ड भन्छन्- शेरा दरबारको जग्गा कानुनविपरीत भए सरकारको नाममा फिर्ता ल्याइयोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबारको जग्गाबारे कानुनविपरीत काम भएको भए सरकारको नाममा फिर्ता ल्याउन माग गरेका छन् । सरकारले त्यो कदम चालेमा आफूले सहयोग गर्ने दाहालले बताए ।

राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा दाहालले उक्त जग्गामा आफूलाई जोड्न आवश्यकता नरहेको बताए ।

उनले भने, 'कानुन विपरीत काम भएको छ भने जसरी ललिता निवासको कैयौं रोपनी जग्गा सरकार मातहत ल्याइयो यो पनि ल्याओस् । सरकारलाई सहयोग गर्ने मात्रै होइन, धन्यवाद पनि भनौंला ।'

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । 

गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका हुन् ।

ADV

सम्बन्धित खबर