२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

निमित्त मुख्य सचिवमा लीला गड्तौला

shivam cement
मध्यान्ह
२०८१ असार ९ गते १७:०६
निमित्त मुख्य सचिवमा लीला गड्तौला

काठमाडौँ : मुख्यसचिव  डा. बैकुण्ठ अर्यालको निलम्बनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गडतौला स्वतः निमित्त मुख्य सचिव भएकी छिन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू कृष्णहरि पुष्कर र नारायण दवाडीभन्दा गड्तौला वरिष्ठ सचिव रहेकी छिन् ।

सरकारले तत्काल मुख्यसचिव नियुक्ति गर्न चाहेको अवस्थामा मुख्य सचिव अर्यालको पद सारेर हाल कार्यरत वरिष्ठ सचिवहरूमध्येबाट उपयुक्त लागेका एक सचिवलाई मुख्य सचिव नियुक्ति प्रक्रिया अघि बढाउने छ भने केही दिन लाग्ने भएको अवस्थामा निमित्त मुख्य सचिव गडतौलालाई नै कायम राख्न सक्नेछ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिलाई मुद्दा दायर गरेपछि मुद्दा किनारा नभएसम्मको अवधिभर त्यस्तो व्यक्ति स्वतः निलम्बन भएको मानिने व्यवस्था रहेकोले मुख्य सचिव निलम्बित भएका हुन् ।

ADV

सम्बन्धित खबर

Advertise