२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

मुन वाल्कर्स ब्यान्डसहित इन्डिया बेस्ट डान्सर सिजन-३ का विजेता लामाले कतारमा प्रस्तुति दिने

तिलु शर्मा पौडेल
२०८१ पुष १४ गते २०:३६
मुन वाल्कर्स ब्यान्डसहित इन्डिया बेस्ट डान्सर सिजन-३ का विजेता लामाले कतारमा प्रस्तुति दिने

दोहा, कतार : युवाहरू मिलेर स्थापना गरेको “मुन वाल्कर्स ब्यान्ड" कतार आउने भएको छ । ब्यान्डसँगै युवा पुस्तामा रुचाइएका तथा इन्डिया बेस्ट डान्सर सिजन ३ का विजेता समर्पण लामा कतार आउने भएका छन् । दोहाको मुटु मुग्लिनामा रहेको भिआइपी होटेलको मीजाइनिन फ्लोरमा रहेको ‘प्लानेट लन्ज एन्ड क्लब’ले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजनाको घोषणा गरेको सांगीतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन कतार आउने भएका हुन् ।

कतारमा स्थापित व्यवसायी तथा एसियाना दोहोरी साँझ तथा गजल बारका सञ्चालक समेत रहेका प्रविन गुरुङले सञ्चालनमा ल्याएको उक्त क्लबमा लामाले डिसेम्बर ३१ तारिक साँझ र ब्यान्डले जनवरी ३ तारिक राति ८ बजेबाट मध्यरातसम्म प्रस्तुति दिने जानकारी सञ्चालक गुरुङले मध्यान्ह दैनिकलाई जानकारी दिए । क्लबले तेस्रो पटक नेपाली इभेन्टको आयोजना गर्न लागेको हो । लाइभ ब्यान्डले चर्चित गीतहरू पेस गर्नेछन् भने लामाले विभिन्न शैलीका नृत्य प्रस्तुत गर्नेछन् । लामालाई भारतीय चर्चित डिजे सर्फराजले साथ दिँदै उपस्थितलाई नचाउने भएका छन् ।

३१ डिसेम्बरको कार्यक्रममा प्रवेशका लागि भिआइपी १०० कतारी रियाल र नर्मल ५० रियालको टिकट लाग्ने र भिआइपी टिकट खरिदमा कम्प्लिमेन्ट्री ड्रिंक मिल्ने र जनवरी ३ तारिकको कार्यक्रमका लागि कुनै पनि शुल्क नलाग्ने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए ।

उनले कार्यक्रमका लागि क्लबको ढोका दिउँसो ४ बजेबाट खुल्ने र साँझ ८ बजेबाट सांगीतिक प्रस्तुति सुरु हुने बताए । नेपाली कला, गीत, संगीतलाई माया गर्ने सबैलाई कार्यक्रममा उपस्थितिका लागि क्लब सञ्चालकले अनुरोध गरेका छन् । थप जानकारीका लागि कार्यक्रम संयोजकलाई ७०६६५६४४ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

ADV

सम्बन्धित खबर