२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

परिधीको 'घरकी फूलबारी' सार्वजनिक

मध्यान्ह
२०८२ जेठ २५ गते १८:०४
परिधीको 'घरकी फूलबारी' सार्वजनिक

काठमाडौं : बालगायिका परिधी खतिवडाको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘घरकी फूलबारी’ सार्वजनिक भएको छ । कक्षा ४ मा अध्ययनरत परिधीको यो गीत बाल भावनाले भरिएको, मीठास र सरलताले सुसज्जित सिर्जना हो ।

काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको उक्त गीतका शब्द उनका बुवा प्रमोद खतिवडाले लेखेका हुन् । पेशाले इञ्जिनियर भए पनि साहित्य र संगीतप्रेमी प्रमोदले यसअघि पनि गीत रचना गरिसकेका छन् ।

गीतमा संगीतकार सविन लिम्बूले संगीत भरेका छन् भने एरेञ्जमेन्ट पनि उनकै रहेको छ । ‘गुरुभाइ फकीर’ को निर्देशन र अवधारणामा तयार गरिएको भिडियोलाई परिधी अध्ययनरत विद्यालय तथा काठमाडौं नजिकैका रमणीय स्थानहरूमा छायांकन गरिएको छ ।

सिर्जनात्मक क्षेत्रमा सक्रिय परिधी यसअघि ‘लिटिल स्टार नेपाल’ नामक बालप्रतिभा प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’को उपाधि जित्दै चर्चा कमाउन सफल भएकी थिइन् । गायनसँगै अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि उनको सक्रियता उल्लेखनीय छ ।

‘घरकी फूलबारी’ को म्युजिक भिडियो परिधी खतिवडा नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीत बाल संसारको भावनालाई उजागर गर्ने प्रयास मात्र नभइ एक नवप्रतिभाशाली बालगायिकाको कलात्मक यात्राको सशक्त सुरुवात पनि बनेको छ ।


ADV

सम्बन्धित खबर