२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

कालीकोटमा ९ हजार बढीले लगाए कोभिडविरुद्धको फाइजर खोप

कमल कुमाल
२०८१ मंसिर ६ गते २१:५३
कालीकोटमा ९ हजार बढीले लगाए कोभिडविरुद्धको फाइजर खोप

कालीकोट : कालीकोटका ९ वटै स्थानीय तहमा ९ हजार ३ सय ६१ जनाले कोभिड–१९ विरुद्धको फाइजर खोप  लगाएका छन् । मंगलबार र बुधबार जिल्लाभरिका खोप केन्द्र रहेका अस्पतालहरूमा कोभिड–१९ विरुद्धको फाइजर खोप अभियान शुरु गरेसँगै जिल्लाभर ९ हजार ३ सय ६१ जनाले खोप लगाएका  हुन्  ।

खोप अभियानको पहिलो दिन खाँडाचक्र नगरपालिकामा १४ सय ५६ जना, पलाता गाउँपालिकामा १ हजार २ जना, नरहरीनाथ गाउँपालिकामा १३ सय ७१ जना, महावै गाउँपालिकामा ५ सय २८ जना, तिलागुफा नगरपालिकामा १ हजार २ जना, पचालझरना गाउँपालिकामा १ हजार २ जना, शुभकालीका गाउँपालिकामा १ हजार  जना शान्नीत्रिवेणी गाउँपालिकामा १ हजार २ जना र रास्कोट नगरपालिकामा ९ सय ९८ जना गरी जम्मा ९ हजार ३ सय ६१ जनाले खोप लगाएका स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।  

ADV

सम्बन्धित खबर