२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने

Nada
२०८१ मंसिर २ गते १२:४३
Shares
क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने

काठमाडौं : नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको दशौं र एघारौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट पुनः सीताराम न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति सर्वसमम्त रूपमा निवार्चित भएका हुन् ।

ncell

बर्दिवासमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा चन्द्रमणी अधिकारी, उपाध्यक्षमा कोशी प्रदेशबाट रोहित बहादुर कार्की, मधेश प्रदेशबाट रामनारायण यादव, बागमती प्रदेशबाट देवराज लुइटेल, गण्डकी प्रदेशबाट लिलाधर बराल, लुम्बिनी प्रदेशबाट मिन बहादुर शाही निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा देवराज तामाङ चयन भए भने सचिवमा उम्मेदवारी नपरेकाले पद रिक्त रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए । साथै सहसचिवमा बुद्धिप्रसाद आचार्य, कोषाध्यक्षमा वेचन ठाकुर वरही र सहकोषाध्यक्षमा विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

सदस्यमा हुमनाथ पौडेल, कुमार गिरी, तिलप्रसाद पाठक, अनोदकुमार देवकोटा, विकास नारायण श्रेष्ठ, राजकुमार रावल, राजु रेग्मी, शशिकुमार यादव, सन्तोष यादव निर्वाचित भएका छन् ।

महासंघको अध्यक्षमा पुन निर्वाचित भएसँगै न्यौपानले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरकारवाला निकायलाई अवगत गराएको र यो कार्यकालमा अहिले देखिएका समस्याहरू समाधान गर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर