२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ : महासचिव पोखरेल

Nada
२०८१ मंसिर १ गते १४:५३
Shares
मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको छ : महासचिव पोखरेल

भक्तपुर : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकासलाई सर्वोपरि मानेर सरकारले काम गरिरहेको बताएका छन् । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संयुक्त सरकारले निराशालाई चिर्दै सकारात्मक सोचका साथ विकास निर्माणका काममा तल्लीन भएको बताए । 

ncell

उनले भने- “नेकपा एमालेको नेतृत्वमा सरकार भएपनि पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन, साझा एजेण्डामा सरकार सञ्चालन भइरहेको छ  ।”  राज्य र जनता मिलेर देश बनाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक स्थायित्व भएमा देशलाई समृद्धिको मार्गमा डोर्‍याउन धेरै समय नलाग्ने बताए । 

त्यस अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई, पोलिटव्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्यहरु सोमप्रसाद मिश्र, निर्मल भट्टराई, तुलसा दाहाल, गोविन्द दुवाल, बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापाले ‘एमालेको मिसन ०८४ अभियान’लाई सफल पार्न सबै नेता, कार्यकर्ता एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

ताजा खबर

सम्बन्धित खबर