२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ 

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १ गते १४:०५
Shares
बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ 

रौतहट : रौतहटमा बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । १५ लाख रुपैयाँको चेक बाउन्स मुद्दामा जिल्लाको वृन्दावन नगरपालिका - ९ भुसहाका ४५ वर्षीय शेख जवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ncell

लुकिछिपी बसेको विशेष सूचनाको आधारमा प्रहरी चौकी विर्ताबाट खटेको प्रहरी टोलीले जवारलाई शुक्रवार साँझ गरुडा नगरपालिकाको विर्ता चोकबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडालाई बुझाएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए । 

बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको तथा अदालतबाट म्याद थमाएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक रायले बताए । बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएदेखि नै जवार फरार रही लुकिछिपी बस्दै आएका थिए ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीको विशेष सक्रियतामा जवार पक्राउ परेको बुझिएको छ । वृन्दावन नगरपालिका -९ भुसहाकै एक जनाले शेख जवारमाथि चेक बाउन्स गराएका थिए । रौतहट जिल्ला अदालतबाट प्राप्त पक्राउ पुर्जीको आधारमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

ताजा खबर

सम्बन्धित खबर