२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सोनरनियामा निःशुल्क आँखा शिविर सम्पन्न 

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १ गते ११:४१
Shares
सोनरनियामा निःशुल्क आँखा शिविर सम्पन्न 

रौतहटः रौतहटको सोनरनियामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । डैक फाउन्डेसनको आर्थिक सह‌योग र नेपाल नेत्रज्योती संघ गौर आँखा अस्पतालको आयोजनमा मौलापुर ९ सोनरनियामा निःशुल्क आँखा शिविर सम्पन्न भएको हाे । 

ncell

मौलापुर वडा नम्बर ९ का वडाध्यक्ष श्याम प्रसाद साहको पह‌लमा भएको शिविरबाट ३६५ जनाले सेवा लिएका हुन् । जसमा १५६ जनाको मोतीविन्दुको अप्रसेन, ८६ जनालाई चश्मा वितरण र ९३ जनालाई औषधी उपचार सेवा दिइएको गौर आँखा अस्पतालका संयोजक सत्येन्द्र पाण्डेले जनाए । 

शिविरमा अप्रेसनका लागि छनौट भएका विरामीहरुलाई अस्पतालमै निःशुल्क लेन्ससहितको अप्रेसन गरिने वडाध्यक्ष साहले बताए । समाजिक कार्यहरू‌मा अभिरुची राखी आफ्ना जनताह‌रुलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउने मनसायले आँखा सेवा लगायत हरेक कार्यहरुमा आफू साझेदारीको भूमिकामा सदा रहने कुरा समेत वडा अध्यक्ष साहले प्रष्ट पारे। 

गौर आँखा अस्पतालका प्राविधिक टिमका अगुवामा विनिता केशरी, नेत्र अधिकृत अबताव आलम दर्जी, दिनेश घिमिरे, सतेन्द्र पाण्डे, उषा चौधरी, शिव शंकर महतो, शिवानी साह, गौरी शंकर राउत रहेका थिए। 

ताजा खबर

सम्बन्धित खबर