२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

गाैरमा पर्यटन विकास कार्यालयकाे उद्घाटन

Nada
२०८१ कार्तिक ३० गते २१:३१
Shares
गाैरमा पर्यटन विकास कार्यालयकाे उद्घाटन

राैतहट : मधेश प्रदेश सरकारका उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाले गाैरमा पर्यटन विकास कार्यालयको एक समारोहका बीच शुक्रबार उद्घाटन गरेका छन् ।

ncell

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री मियाले प्रदेश सरकारले मधेशका पर्यटन क्षेत्रको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

पर्यटन विकास कार्यालयबाट राैतहट र सर्लाही जिल्लाको पर्यटन क्षेत्रको विकास तथा प्रचारप्रसार हुने उनले विश्वास व्यक्त व्यक्त गरे ।

पर्यटन विकास कार्यालय गाैर राैतहटका पर्यटन विकास अधिकृत सञ्जय कुमार मिश्रको अध्यक्षतामा भएको साे उद्घाटन समारोहमा वन तथा वातावरण मन्त्री त्रिभुवन साह, प्रदेश सभा सदस्य इन्दु साह, जिल्ला समन्वय समिति राैतहटका प्रमुख रामअयाेध्या राय यादव, गाैर नगर प्रमुख शम्भु साह, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव सुशील साह, राैतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डित प्रसाद जयसवालसहितले कार्यालय स्थापना भएकोमा शुभकामना व्यक्त गरे ।

No description available.

ताजा खबर

सम्बन्धित खबर