२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँछ : परराष्ट्रमन्त्री देउवा

Nada
सुनिल आउजी
२०८१ कार्तिक ३० गते १५:१४
Shares
गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउँछ : परराष्ट्रमन्त्री देउवा

धनगढीः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा रहेको गेटा मेडिकल कलेज छिट्टै संचालनमा आउने बताएकी छिन् ।

ncell

शुक्रबार डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले गेटा मेडिकल कलेज संचालन गर्ने विषयमा छलफल भइरहेकोले छिटोभन्दा छिटो संचालनमा ल्याइने बताएकी हुन् । उनले भनिन्, ‘यसमा सबै सकारात्मक छन्, चाँडै गति लिन्छ ।’ 

यस्तै, उनले एमाले र कांग्रेसबीच संयन्त्र बनेपछि सत्ता संचालनमा सहज भएको पनि बताइन् । उनले भनिन्, ‘दुई ठूला प्रतिस्पर्धी दलबीच विशेष परिस्थितिमा सत्ता सहकार्य भएकाले सत्ता संचालनमा सहजीकरणका लागि संयन्त्र निर्माण भएको हो ।’

परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी तीब्ररुपमा अघि बढेको समेत बताइन् । 

ताजा खबर

सम्बन्धित खबर