२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

क्यानले विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने

Nada
२०८१ कार्तिक २९ गते १७:५८
Shares
क्यानले विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार दिने

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेटरलाई जनही २ लाख ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।

ncell

आइसिसी महिला यू–१९ विश्वकप २०२५ मा छनोट भएका खेलाडीको प्रोत्साहन स्वरुप क्यानले जनही २ लाख ५० हजार दिने भएको हो । क्यानले नेपाली टोलीका अफिसियलहरुलाई पनि जनही १ लाख ५० हजार रूपैयाँ प्रदान गर्नेछ।

बुधबार आईसीसी यु–१९ टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले आगामी जनावरी–फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा समूह ‘डी’मा प्रतिस्पर्धा गर्नेछ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेका छन्। 

ताजा खबर

सम्बन्धित खबर