२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नेपाल यु-१९ महिला विश्वकपमा छनोट

Nada
२०८१ कार्तिक २८ गते १७:५५
Shares
नेपाल यु-१९ महिला विश्वकपमा छनोट

काठमाडौं : नेपाल यु-१९ महिला विश्वकपमा छनोट भएको छ । बुधबार आईसीसी यु–१९ टी–२० विश्वकप एसिया छनोटमा यूएईलाई ८ विकेटले पराजित गर्दै नेपाल विश्वकपमा छनोट भएको हो ।

ncell

यूएईले दिएकाे ८४ रनकाे लक्ष्य नेपालले १४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी सना प्रवीनले ३१, कप्तान पूजा महतोले २१, साेनी पाख्रिनले १७, सावित्री धामीले १२ रन बनाइन् । यूएईकी मेहक ठाकुरले २ विकेट लिइन् ।

यसअघि घरेलु मैदान सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईकी समिरा धार्निधार्काले ३१ रन बनाइन् ।

नेपालकी कृष्मा गुरुङले ४, रिया शर्मा, कृष्मा गुरुङ र सिमाना केसीले दुई तथा रचना चौधरीले १ विकेट लिए ।

ताजा खबर

सम्बन्धित खबर